६ कार्तिक २०८३, शुक्रबार

सुन तोलामा दुई हजारले घट्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत ।  नेपाली बजारमा मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ । मंगलबार तोलामा दुई हजारले घटेको हो । आज सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ सोमबार पाँच सय रुपैयाँ बढेर तोलाको ७७ हजार ५ सय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा पाँच सय बढेको सुन आज दुई हजार रुपैयाँ घटेको हो ।

आज चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको छ । चाँदी तोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।