६ कार्तिक २०८३, शुक्रबार

नबिल बैंकले संस्थागत परामर्श सेवा उपलब्ध गराउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ४ चैत । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

यस सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहुभएका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि सेवाहरू उपलब्ध गराउने जनाएको छ ।
वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, शेयर इक्विटी मूल्यांङ्कन, आम्दानी योजना, खर्च योजना, पूँजीगत बजेट र पूँजी पुनर्संरचनाकाे सेवा बैंकले उपलब्ध गराउने जनाएकाे छ ।