६ कार्तिक २०८३, शुक्रबार

भर्खरै ठूलो अप्रेसनबाट फर्किएका प्रधानमन्त्रीलाई २ घण्टा लामो ‘कन्फरेन्स’मा किन ल्याइयो ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत ।  कारोना भाइरसविरुद्व सार्क राष्ट्रहरुबीच समन्वय गरि रोकथाम र नियन्त्रणका लागि संगै मिलेर अगाडि बढ्ने विषयमा छलफल गर्न सात राष्ट्रबीच आइतबार आयोजित भिडियो कन्फरेन्समा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए ।

१२ दिन अस्पताल बसेर फर्केका प्रधानमन्त्री ओलीलाई दुई घण्टा लामो कन्फरेन्स राखेको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । चिकित्सकहरुले भने अहिले प्रधानमन्त्रीको आराम गर्ने समयमा अटेरी गरेको बताएका छन् । अस्पतालबाट प्रधानमन्त्रीलाई डिस्चार्ज गर्दा चिकित्सकहरुले सकभर बाहिरी कार्यक्रमहरुमा सहभागि नहुन र केहि समय आरामा गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले आइतबारको कन्फरेन्समा झन्डै पाँच मिनेट मन्तव्य राखेका थिए भने दश मिनेट जति मन्तव्यपछि बोलेका थिए । भर्खरै ठूलो अप्रेसनबाट फर्किएका प्रधानमन्त्रीलाई दुई दिनभित्रै किन यस्तो लामो कन्फरेन्समा ल्याइयो भन्ने प्रश्न सामाजिक सञ्जालमा उठेका छन् ।

कन्फरेन्समा पाकिस्तानबाट स्वास्थ्य राज्यमन्त्रीको सहभागिता रहेको थियो भने बिरामी प्रधानमन्त्रीको विकल्पमा अरु कसैलाई राख्न सकिँदैन थियो र ? प्रधानमन्त्री निकटले भने चिकित्सककै सल्लाहमा प्रधानमन्त्री कन्फरेन्समा सहभागि भएको बताएका छन् । आइतबार बिहान मात्रै प्रधानमन्त्रीको मूत्रनलीबाट स्टेन्ट निकालिएको थियो ।

सकि नसकी भएपनि कन्फरेन्स उपस्थित प्रधानमन्त्रीको अनुहार भने गलेको देखिन्थ्यो । ओलीलाई विशेषत संक्रमणको खतरा रहेको चिकित्सकहरुले बताएका छन् । संक्रमणबाट बच्नका लागि पनि प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको आवस्यकता रहेको चिकित्सकले बताएका छन् । बाहिरी काममा तत्काल हिँडदा संक्रमणको जाखिम उच्च रहेको छ ।

ओलीलाई संक्रमण हुन नदिन निवासमा पनि विशेष सावधानी अपनाइएको छ । ओलीले भने निवास फर्केको भोलिपल्टैबाट भेटघाट थालिसकेका छन् । यस्तो अवस्था अहिलेका लागि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको ख्याल राखि केहि समय आराम गर्ने पर्ने देखिन्छ ।

देशलाई नयाँ शिरामा पु¥याउने लक्ष्य लिएर हिँडेका प्रधानमन्त्री आफैँ अस्वस्थ हुँदा देश स्वस्थ कसरी होला ? प्रधानमन्त्री ओलीले तत्कालका लागि केहि समय बाहिरी काम छाडेर स्वास्थ्यलाभ गर्नुपर्छ ।