५ कार्तिक २०८३, बिहिबार

कोरोना भाइरसः अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत ।   अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका हुन्।

अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ।

ुम आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछुु, ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने।

राष्ट्रिय संकटकालको घोषणा गर्दै ट्रम्पले संक्रमणसँग लड्नका लागि राज्य र स्थानीय सरकारलाई ५० बिलियन डलरसम्मको सहुलियत दिने घोषणा गरे।