५ कार्तिक २०८३, बिहिबार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्‍नी सोफीलाई कोरोना संक्रमण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ ।

बिहीबार राति क्यानडेली प्रधानमन्त्रीको कार्यालयले सोफीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको हो ।

सोफीको स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको पनि क्यानडेली सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि १४ दिन आइसोलेसनमा बस्ने भएका छन् । कुनै लक्षण नदेखिएकाले उनले भने कोभिड–१९ को परीक्षण गर्नु नपर्ने चिकित्सकले बताएका छन् ।