५ कार्तिक २०८३, बिहिबार

भारतमा कोरोनाका कारण पहिलो पटक एकजनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ३० फागुन ।  चीनको वुहान शहरबाट फैलिएको कारोना भाइरस कोभिड १९ का कारण भारतमा एक जनाको मृत्यु भएको छ ।

७६ बर्षीय एक पुरुषको कर्नाटकको कलबुर्गीमा मंगलबार मृत्यु भएको हो ।उनी केही समयअघि साउदी अरबबाट फर्किएका थिए ।

ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको थिएन ।

उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।