५ कार्तिक २०८३, बिहिबार

कोरोना त्रास : कुवेतमा दुई हत्ता सार्वजनिक बिदा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन ।  चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कुवेतमासमे तिव्र गतिमा फैलिएपछि कुवेत सरकारले दुई साता सार्वजनिक बिदाको घोषणा गरेको छ ।

बिहिबार मार्च १२ देखि बिदा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । यो सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी र कामदारका लागि लागू हुनेछ ।

नेपालीसहित आप्रवासी कामदारको उच्च जनघनत्व रहेको कुवेतले कोभिड-१९ को संक्रमण फैलिन सक्ने भन्दै सुरक्षाका सबै उपायहरु अपनाएको हो। १७ हजार ८ सय १८ वर्गकिलोमिटरको क्षेत्रफल रहेको कुवेतमा झन्डै ४२ लाख मानिस बस्छन्।

कुल जनसंख्याको ७० प्रतिशत आप्रवासी कामदार रहेका छन्। नेपाली कामदार भने झन्डै ८५ हजार कार्यरत छन्। कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरुसमेत बन्द गर्ने निर्णय गरेको छ।