
काठमाडौं, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा भएको विस्फोट सम्भावित खतराभित्र नै परेको प्रहरीले स्वीकार गरेको छ ।
भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सविन प्रधानले उक्त विषय स्वीकार गर्दै भने,‘उहाँलाई सुरक्षा खतरा रहेको भन्ने सूचना प्रहरीलाई थियो, सोहीअनुसार हामीले सुरक्षा प्रबन्ध मिलाएका थियौं ।’
बास्कोटाको घरको सुरक्षाका लागि सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षक (सई) सहित दुई जनाको टोली खटाइएको थियो । तर, उनीहरूले सुईँको समेत नपाउनेगरी बास्कोटाको घरको कम्पाउन्डभित्र नै बम विस्फोट गराइयो ।
विस्फोटको जिम्मा हालसम्म कसैले नलिए पनि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले गराएको हुनसक्ने अनुमान गरिएको छ ।















प्रतिक्रिया