२९ आश्विन २०८३, बिहिबार

अभिनेता शाहरुख खान आज नेपाल आउँदै !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shahrukh-khan-11काठमाडौं, २४ फागुन । बलिउड अभिनेता शाहरुख खान आज नेपाल आउने भएका छन् । कान्साई न्यारोल्याकको भिआईपी लेभलको कार्यक्रममा उपस्थिति जनाउन अभिनेता शाहरुख नेपाल लागेका हुन् ।

यसअघि नै उनी नेपाल आउने कार्यक्रम तय भएपनि सरेको सर्‍यै थियो । अभिनेता शाहरुख दिउँसो ३ बजे नीजी विमानबाट काठमाडौं आउन लागेको कान्साई न्यारोल्याकले जनाएको छ ।

उनले आजै साँझ पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम छ । अभिनेता शाहरुख नेपाल आउने भएपछि सुरक्षा सर्तकर्ता बढाइएको प्रहरीले जनाएको छ ।

अभिनेता शाहरुख खान आज दिउँसो आएर भोलि विहान ९ बजे फर्कने छन् । छोटो समयमै कार्यक्रम सम्पन्न गरेर शाहरुख फर्किने भएपछि दर्शकले भेट्न भने पाउने छैनन् ।