१३ कार्तिक २०८३, शुक्रबार

राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच पार्टी एकीकरण हुने भएको छ ।

राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी महाधिवेशन नभएसम्म एकीकृत पार्टीको अध्यक्ष रहने गरी एकताको सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको हो ।

एकीकरणसम्बन्धी १० बुँदे आधारपत्रमा तीनै अध्यक्षले हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ रहनेछ । झन्डा साबिक राप्रपाकै हुनेछ ।

चुनावचिह्न ६ महिनाभित्र उपयुक्त निकायबाट टुंगो लगाउने जनाइएको छ । यही २८ गते बुधबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच पार्टी एकीकरणको औपचारिक घोषणा हुने बताइएको छ ।

एकीकृत पार्टीमा तीनै जना अध्यक्षको हैसियत र मर्यादाक्रम समान हुने आधारपत्रमा उल्लेख छ ।