काठमाडौं । ‘नेपाली तारा ३’को उपाधि मोरङका प्रताप लामाले जितेका छन् । हजारौं प्रतियोगीलाई पछिपार्दै लामाले उपाधि हात पारेका हुन् ।
शुक्रबार साँझ त्रिभुवन आर्मीक्लबमा आयोजित अन्तिम स्पर्धामा टप थ्री भित्र परेका सुरेस लामा र देबेस राईलाई पछि पार्दै उनले उपाधि जिते ।
कोका–कोलाले प्रायोजन गरेको नेपाली तारा ३ का विजेतालाई नेपाली ताराका पहिलो र दोस्रो संस्करणका विजेताहरु दीपक लिम्बु र सन्तोष लामाले प्रतापलाई उपाधि ट्रफि दिए ।
विजेता प्रतापले बजाज डिस्कोभर बाइकको साथै २ लाख ५० हजार नगद पुरस्कार पनि हात पारे ।
प्रतापलाई बजाज डिस्कोभर बाइकको साचो भने एच.एच.बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले दिए ।
प्रतियोगितामा टप थ्रीमा अटाउन सफलमध्ये देबेस राई फष्ट रनरअप र सुरेश लामा सेकेन्ड रनरअप भए ।
यी दुबै विजेताले क्रमश: ५० र २५ हजार नगतसहित अन्य बिभिन्न उपहार प्राप्त गरे ।













प्रतिक्रिया