३ कार्तिक २०८३, मंगलबार

चितवनमा प्रहरी र गाजा तस्करबीच दोहोरो भिडन्त, तस्करको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attack

– सन्दिप भट्ट

भरतपुर, २३ फागुण । चितवनको पहाडी क्षेत्र लोथरमा प्रहरी र गाजा तस्करबीच दोहोरो भिडन्त भएको छ ।

मकवानपुरबाट ठुलो मात्रामा गाजा लोथरतर्फ ल्याइदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक राजन अधिकारी नेतृत्वको टोली त्यसतर्फ खटिएको थियो ।

राती ११ बजेतिर मनहरी, पिप्ले र काकडा गाबिसको सिमाना दोभान नजिकै प्रहरी पुग्दा तस्करहरुले प्रहरीलाई लक्षित गर्दै अन्धाधुन्ध फायरिङ सुरु गरेका थिए ।

प्रहरीको जवाफी कारबाहीमा परि तस्कर तर्फका एक जना गम्भीर घाइते भई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । आक्रमणको शैलि हेर्दा तस्करहरु ठुलो संख्यामा रहेको प्रहरीले अनुमान गरेको छ ।

घाइतेबाट प्रहरीले १ थान हतियार र केही राउन्ड गोली समेत बरामद गरेको छ भने अन्य तस्करहरु फायरिङ गर्दै भागेका छन् । उनीहरुको खोजी कार्य तिब्र पारिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।