
काठमाडौं, १८ फागुन । आइतबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको हाे ।
सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया