३ कार्तिक २०८३, मंगलबार

वैद्य मोआवादीले प्रचण्ड नेतृत्वको एमाओवादीसंग एकीकरण गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Mohan-Baidhya

काठमाडौं, २३ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत नेकपा माओवादीसंग एकीकरण गर्ने तयारी थालेको छ । त्यसका लागि दुई माओवादीबीच छलफल चलिरहेको नेकपा–माओवादीका सचिव देव गुरुङले जानकारी दिनुभएको छ ।

नवलपरासी पुगेर नेकपा–माओवादीका सचिव गुरुङले एनेकपा माओवादीसँग पार्टी एकीकरणका लागी छलफल भइरहेको बताउनुभएको हो ।

सचिव गुरुङले समान विचार भएका कम्युनिष्ट पार्टीसँग पार्टी एकताका लागि छलफल जारी रहेको बताउनुभयो ।

तत्कालीन अवस्थामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईमा वैचारिक विचलन देखिएकाले पार्टी विभाजन भएको स्मरण गर्दै गुरुङले दाहाल र भट्टराइले गल्ती स्वीकारेको अवस्थामा एमाओवादीसँग पार्टी एकताको लागि छलफल सुरु गरिएको बताउनुभयो ।

नेता गरुङले अहिलेको संविधानसभाबाट निकास ननिस्कने उल्लेख गर्दै सर्वपक्षीय राजनितिक सभा आजको मुख्य आवश्यकता रहेको बताउनुभयो ।