५ कार्तिक २०८३, बिहिबार

कोरोना त्रास : जापानमा सबै विद्यालय बन्द गर्न निर्देशन

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन ।  जापानमा पनि कोरोना भाइरसको संक्रमण बढदै गएपछि अप्रिलसम्म सबै विद्यालय बन्द गरिने भएको छ ।

प्रधानमन्त्री सिन्जो आबेले सोमबारदेखि अप्रिलसम्म सबै विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् । संसारभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण दिइएको यो निर्देशनले अब जापानका स्कुल अप्रिलको पहिलो सातासम्म बन्दै रहनेछन्।

चीनको वुहान शहरबाट फैलिएका कोरोना भाइरस अहिले विभिन्न देशमा तिव्र गतिमा फैलिरहेकाले जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न लागिएको बताइएको छ ।

बिहीबार साँझसम्म जापानमा कोरोना भाइरस संक्रमित संख्या २०० भन्दा बढी पुगेको छ।