
काठमाडौं, १२ फागुन । भारतको तमिलनाडुस्थित सालेममा बुधवार बस दुर्घटनामा मृत्यु भएका सातजना नेपालीको शव आज इटहरी र काठमाडौं पुर्याइने भएको छ ।
नेपाल सरकारको खर्चमा मृतकको शव सिलिगुडीको बागडोग्रा र काठमाडौं हुँदै स्वदेश ल्याउन लागिएको छ । दुर्घटनामा आठजना नेपालीको मृत्यु भएको थियो । बुधवार नेपाली तीर्थयात्री चढेको बसलाई लहरीले ठक्कर दिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप दुईजनाको मृत्यु भएको नेपाली दूताबास दिल्लीले जनाएको छ ।
एकजनाको शव आफन्तले आफैँ स्वदेश ल्याएका छन् । त्रियुगा ७ उदयपुरका विष्णुप्रसाद दाहालको शव काठमाडौं ल्याउने तयारी छ भने ६ जनाको शव सिलिगुडीको बागडोग्रा विमानस्थल हुँदै ल्याउने तयारी छ ।
बाँकी छ जना मृतकमध्ये एकजना इटहरी र बाँकी खनारका हुन् । इटहरी १० का वीरबहादुर राई, खनाका बुद्धमी थारुनी, रासीलाल चौधरी, टीकाराम चौधरी, फुसरी देबी चौधरी र गोपाल तामाङको मृत्यु भएको थियो ।














प्रतिक्रिया