३ कार्तिक २०८३, मंगलबार

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सडक नाटक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २३ फागुन । सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्लामा वैदेशिक रोजगारसम्बन्धी सडक नाटक प्रदर्शन सुरु गरेको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धीमूलक र भरपर्दो बनाउन सचेतना फैलाउने उद्देश्यले परियोजनाले ‘कथा विदेशको’ नामक सडक नाटक प्रदर्शन सुरु गरेको हो ।

जिल्लाको हौंचुर, जालपा, माक्पा, ऐसेलुखर्क, ज्यामिरे, महेश्वरी, जलेश्वरी, राखावाङ्देल, बाक्सिला, सप्तेश्वर, खार्मीलगायतका गाविसमा नाटक प्रदर्शन गरिने सामीले जनाएको छ ।

शुक्रबारबाट सुरु गरिएको सडक नाटकमा वैदेशिक रोजगारमा जानुअघि सिक्नुपर्ने सीप, पैसा दिएपछि भर्पाइ लिन नभुल्न, भाषा सिकेर मात्र विदेश जान, विदेश जानुअघि आवश्यक कागजातको प्रतिलिपी घरमा छाड्न र एकप्रति साथमा सुरक्षित राख्नुपर्नेलगायतका सन्देश समेटिएको परियोजनाका कार्यक्रम अधिकृत रमेश राईले जानकारी दिनुभयो ।

परियोजनाका संयोजक राईले भन्नुभयो,– “हामी सडक नाटकमा माध्यमबाट युवायुवतीलाई सकेसम्म स्वदेशमै रोजगारी गरौँ भन्छौँ, यदि विदेश जाने नै भए सीप र तालिम सिकेर तथा जानकारी लिएर मात्र विदेश जान प्रोत्साहित गछौँ ।”