३ कार्तिक २०८३, मंगलबार

अदालतको फैसला कार्यान्वयन अभियानले सफलता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २३ फागुन । लामो समयदेखि जिल्ला अदालत सुनसरीमा विभिन्न अपराधअन्तर्गत परेका मुद्दाका अभियोगीका विरुद्धमा कारबाही चलेर आदेशबमोजिम कारबाही ठेकिएकालाई सर्वोच्च अदालतले चालेको अभियानले सफलता प्राप्त गरिरहेको छ ।

जिल्ला अदालत सुनसरीमा विभिन्न समयमा भएका फैसलाअनुसार कैद भुक्तानसँगै नगद असुलउपर गर्ने गरी भएको आदेशअनुसार रु पाँच करोड बढी नगद राजस्व सङ्कलन र दुई हजार ५०० वर्ष आठ महिना १२ दिन कैद भुक्तान गराउनुपर्ने रहेका थिए ।

तर ती आदेशबमोजिमका फैसलामा ठेकिएका व्यक्ति फरार भएकाले अदालतले ती अभियुक्तबाट त्यो कैद र राजस्व उठाउन सकिएको थिएन ।

गएको कात्तिक महिनादेखि सर्वोच्च अदालतले लिएको निर्णयअनुसार जिल्लामा फैसला कार्यान्वयन अभियान थालिएपछि सुनसरी जिल्ला पुराना आदेशबमोजिम पाँच हजार ७९३ व्यक्तिमध्ये ६०२ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

यसैगरी सो अभियानका क्रममा जिल्ला अदालत सुनसरीका फैसला कार्यान्वयन टोलीमा संलग्न अधिकार सम्पन्न टोली ७१ मुद्दाका अभियुक्त ७१ जनालाई अझै पनि कारागार चलान गरिसकेको अदालतका तहसिलदार रीतबहादुर पुलामी मगरले बताउनुभयो ।

अदालतको आदेशमा उल्लेख भएको कैद तथा बिगो एवम् अपराधअनुसार तोकिएको नगद जरिवानासमेत फागुन १९ गतेसम्ममा रु ५७ लाख ९२ हजार ३४३ नगद र ११४ वर्ष दुई महिना चार दिन कैद भुक्तानसमेत गराइसकेको जानकारी उहाँले दिनुभयो ।