३ कार्तिक २०८३, मंगलबार

होली खेल्दा खेल्दै नाक काटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

holi-3

दाङ, २२ फागुन । होलीको रमाइलो गरिरहँदा नाक नै गुमाउनुपर्ला भन्ने के थाहा तर दाङको देउखुरीमा आज यस्तै अनौठो घटना भएको छ ।

रङ अबिरसँगै पिकनिकको रमाइलो गरिरहेको अवस्थामा आपसमा भनाभन हुँदा देउखुरीका एक युवकले नाक टोकेपछि अर्का एक युवकको नाक छिनिएको छ ।

होलीको रमाइलोसँगै पिकनिक खानका लागि सतबरिया–१ बनघुस्री पुगेका लमही नगरपालिका–८ बस्ने ४० वर्षीय शिवकुमार कुमाल र सोही स्थान बस्ने ४७ वर्षीय देवराज कुमालको आपसमा भनाभन हुँदा शिवकुमार कुमालले देवराज कुमालको नाक टोकेर छिनालेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते देवराज कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि आजै जिल्लाबाहिर पठाइएको प्रहरीले जनाएको छ । नाक टोक्ने शिवकुमार कुमाललाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीप्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।