काठमाडौं, २२ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भारतीय सेनाको विमान ल्याएर विमानस्थलमा भएको अवरोध हटाउने कार्यले राष्ट्रिय स्वाधिनतामा हेलचक्रयाई भएको ठहर गरेको छ ।
शुक्रबार विज्ञप्ती जारी गर्दै वैद्य माओवादीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको टर्किस एयरलाइन्सको विमान हटाउन भारतीय वायुसेनाको विमान ल्याएर राष्ट्रिय स्वाधिनतामा हेलचक्रयाई भएको ठहर गरेको हो ।
नेकपा माओवादी पार्टी प्रवक्ता पम्फा भुषालद्वारा जारी विज्ञप्तिमा वाह्य सहयोग गैरसनिक हुनुपर्ने भन्दै विमान दुर्घटनाको बहाना बनाएर भारतको वायुसेनाको जहाज र जवान ल्याउनु राष्ट्रिय स्वाधिनता विपरित भएको उल्लेख छ ।
‘छिमेकी राष्ट्रको वायुसेनाको विमान र सैनिकहरु उपस्थित गराउनु राष्ट्रिय स्वाधिनताप्रति गम्भीर हेलचेक्राईँ भएकाले हामी यसको घोर भत्र्सना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नै अवरुद्ध हुने गरी बुधबार दुर्घटना भएको टर्किस एयरको विमान हटाउन प्राविधिकसहितको टोली लिएर बिहीबार भारतीय वायुसेनाको विमान आएको थियो ।















प्रतिक्रिया