बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

सलमानको नयाँ फिल्ममा पूजा

दैनिक नेपाल २०७६ फागुन २ गते ९:३३

मुम्बई । बलिउड नायक सलमान खान फिल्म ‘राधे’मा व्यस्त छन् । सन् २०२० को इदमा रिलिज हुने यस फिल्ममा सलमानलाई एक्सन अवतारमा देख्न पाइनेछ । राधे रिलिज नहुँदै अर्को वर्षको इदलाई लक्षित गर्दै सलमानले नयाँ फिल्म घोषणा गरिसकेका छन्, ‘कभी इद कभी दिवाली’ ।

फिल्मलाई सलमान र निर्माता सजिद नाडियडवालाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्ममा सलमान बिल्कुलै भिन्न अवतारमा प्रस्तुत हुने बताउँदै आएका छन् ।

फिल्ममा सलमानको जोडी को होला भन्ने कौतुहलता धेरैमा थियो । अब भने फिल्मको लागि नायिका पनि पक्का भएकी छिन् । सलमानको जोडी बन्नको लागि पूजा हेग्डे तयार भएकी छिन् । निर्माण पक्ष र पूजाबीच सम्झौता पनि भइसकेको छ ।

पूजाले यसअघि फिल्म ‘हाउसफुल ४’मा काम गरिसकेकी छिन् । फिल्मका निर्माता पनि सजिद नै हुन् । उनैले पूजालाई सलमानसँग जोडी बाध्ने अवसर दिएका हुन् ।

यसै विषयमा प्रतिक्रिया दिँदै सजिदले ‘हाउसफुल ४’ मा काम गर्दा म पूजाको कामबाट निकै प्रभावित भएको बताएका छन् । ‘यस फिल्मको लागि सुहाउँदो भएपछि पूजालाई नै फिल्ममा राखियो’, उनले भनेका छन् ।

पूजा पनि सलमानसँग काम गर्नको लागि निकै उत्साहित छिन् । पूजाले भनिन्, ‘म आफैँ सलमानको फ्यान हुँ । अहिले उनीसँगै काम गर्ने मौका मिलेको छ । फिल्मलाई लिएर निकै उत्साहित छु ।’ पूजाले फिल्ममा गाउँले सोझी युवतीको भूमिका निर्वाह गर्ने्छिन् । फिल्ममा सलमानको भूमिका भने अहिलेसम्म खुलाइएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित