मुम्बई । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अहिले चर्चामा छन् । उनी चर्चामा आउनुको कारण हो आम आदमी पार्टीको संयोजक पदबाट राजिनामा दिनु । त्यो संगै फेरि एकपटक केजरीवाल पुनः चर्चामा आएका छन् ।
आजदेखि रिलिज भएको चलचित्र ‘डर्टी पोलिटिक्स’मा उनको भुमिकाले चर्चामा ल्याइदिएको हो । चलचित्रमा केजरीवालको भुमिकालाई अभिनेत्री मल्लिका शेरावतसंग तुलना गरिएको छ ।
जसमा केजरीवालको रोलमा देखिएका नसीरुद्दीन शाहसंग अभिनेत्री मल्लिका शेरावतले यौन सम्बन्ध राखेर राजनीतिबाट बदनाम गर्ने प्रयत्न गरेको हुन्छ । तर उनले मान्दैनन् ।
‘डर्टी पोलिटिक्स’मा एउटा राजनीतिक नेताले सेक्सको लाई प्रयोग गरेर कसरी सत्ता चलाउछ भन्ने कूरा देखाइएको छ । जसमा मल्लिका सेरावतले राजनीतिककर्मीको यौनसाथी बनेर खेलेकी छिन् ।
चलचित्र शुटिङका लागि केजरीवाललाई पनि अफर गरिएको थियो । तर, समय व्यवस्ताका केजरीवालले अस्वीकार गरेका थिए । त्यसपछि केजरीवालको रोलमा बलिउडका अभिनेता नसीरुद्दीन शाह अभिनय गरेका थिए ।
उनले राजीनितमा केजरीवालले छोटो समयमै परिवर्तनका एजेण्डाले सफलता प्राप्त गरेको भनेर खेलेका छन् । चलचित्रमा उनलाई एक राजनीतिक कार्यकर्ताको भूमिकामा देखाइएको छ ।
नसीरुद्दीनले चलचित्रको प्रचारप्रसारका क्रममा भनेका छन्–‘मैले दिल्लीका मुख्यमन्त्री (अरविंद केजरीवाल) जस्तो अभिनय गरेको छु । यो अभिनय पनि भित्री मनबाटै गर्ने जागर आयो, जहाँ परिवतर्न छ त्यहा सफलता छ भन्ने लाग्यो ।’
‘डर्टी पोलिटिक्स’ मा नसीरुद्दीनको भूमिका केजरीवाल जस्तै एक राजनीतिक कार्यकर्ता बनेका छन् । जो कहिल्यै पनि गलत विरुद्ध आवाज उठाउछ । उनले चलचित्रमा सबै घटना क्रममा सकारात्मक भूमिकामा खेलेका छन् ।
‘डर्टी पोलिटिक्स’मा मल्लिका शेरावत, जैकी श्रॉफ, अनुपम खेर, आशुतोष राणा र ओम पुरीको मुख्य भूमिकामा देखिनेछन् ।














प्रतिक्रिया