३ कार्तिक २०८३, मंगलबार

सराङ्कोट बस दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ फागुन । कास्कीकोटको मुन्टेचौरबाट पोखरातर्फ आइरहेको ग१ख ४८४९ नंको बस आज बिहान सराङ्कोटको गोठादीमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनाका साथै ४३ जना घाइते भएका छन् ।

बस ब्रेक फेल भई करिब १०० मि तल खोल्सामा खसेको थियो ।

मृतकको नामथर भने खुल्न नसकेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।