६ कार्तिक २०८३, शुक्रबार

एनआईसी एशिया बैंकका संघईलाई सीआईपी सम्मान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईज्यूलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित भएका छन् ।

सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो ।

नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत मंगलबार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी ओलीले यस बैंकका सञ्चालक संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरी सम्मान प्रदान गरेका हुन् ।

उनी अध्यक्ष रहेको श्री त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट नेपाल सरकारले विभुषित गरेको हो ।