३ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरका थारु समुदाय हर्षोल्लासका साथ आज होली पर्व मनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Holisकञ्चनपुर, २२ फागुन । कञ्चनपुरमा बसोवास गर्दै आएका थारु समुदायले आजदेखि परम्परादेखि चल्दै आएको होली पर्व धुमधामसँग मनाइरहेका छन् । थारु बस्तीमा रङको पर्व होलीको हर्षोल्लास छाएको छ ।

बडघरियाको घरमा फगुवा (सौगात) पु¥याई टीका लगाएर एक आपसमा रङ अविर दलेर थारु समुदायले होली मनाउने गर्दछन् ।

हिजो साँझ होलिका जलाएको ठाउँमा घरघरबाट एकजनाले गएर आज बिहानै पाँच पटक फन्का लगाई लोटामा लगेको पानी छयाप्दै खरानीको टीका लगाएपछि रङको टीका थापी होलीको शुभारम्भ हुने थारु वडघर नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

हिजो साँझ गाउँको दक्षिणी क्षेत्रमा गाडिएको सिमलको हाँगामा आगो लगाई होलीका पूजन गरी बालिएको आगोबाट गुइँठा जलाएर घरमा भित्राएका छन् ।

गुइँठामा बालेर भित्रयाइएको आगो वर्षभरिका लागि ननिभ्ने गरी जतन गरेर अगेनामा राख्नुपर्ने चलन यस समुदायमा विद्यमान छ । यसो गरे वर्षभरि भोकमरी नहुने र खाद्यान्न सहजरुपमा पुग्ने जनविश्वास रहेको छ ।

तीन दिनसम्म थारु समुदायले मनाउने होलीमा पहिलो दिन नदीमा माछा मार्ने, सुँगुर काट्ने, होलिका पूजन गरी आगो भित्र्याउने र रङ छयापेर रमाइलो गरी होली मनाइने गरिएको जोनापुरका सुरेश चौधरीले बताउनुभयो ।