९ मंसिर २०८३, बुधबार

सांसद नवराज सिलवालले उठाएको एउटा अहम् विषय

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । कुटनीतिक नियोगहरूमा नेपाली ठगिने गरेको विषय पहिलो पटक संसदमा उठाइएको छ । प्रतिनिधि सभाका सांसद नवराज सिलवालले यो अहम् विषयमा सरकारले चासो लिँदै ठगी रोक्नुपर्ने विषय राखेका थिए ।

कुनै पनि देशमा जान प्रवेशाज्ञाका लागि आवेदन दिँदा अनुमति नपाउनेसँग पनि दस्तुर लिएको विषय राख्दै उनले भनेका थिए,‘भिसा नपाउनेसँगको रकम लिन हुँदैन, त्यसलाई रोक्नुपर्छ ।’

सांसद सिलवालले उठाएको विषय गम्भिर हो । यसलाई कुटनीतिक नियोगले गरेको ठगीका रुपमा बुझ्न सकिने कतिपयले बताएका छन् ।

‘विभिन्न देशमा जाने नेपाली नागरिकले आवेदन दिएपछि रकम लिइन्छ तर भिसा नपाउनेको रकम फिर्ता हुनुपर्छ भन्ने विषय उठाइएको हो । यस्ता गुनासा आएपछि सरकार गम्भिर हुनपर्छ भन्ने मेरो माग हो’, सांसद सिलवालले भने ।

कतिपय देशका दूतावासले प्रवेशाज्ञा अनुमति नदिए पनि आवेदन दिँदा लिएको दस्तुर फिर्ता गर्दैनन् ।

उनले नेपालमै दूतावास राखेका देशहरुको प्रवेशाज्ञा अनुमतिका लागि आवेदन दिन भारत जानुपर्ने परिस्थिती रहेको पनि अन्त्य हुनुपर्ने माग गरेका थिए ।

सार्वभौम मुलुकका लागि मित्र राष्ट्रले गर्ने यस्ता प्रकारका व्यवाहारको अन्त्य गर्नका लागि सरकार, परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने उनको सुझाव थियो ।