काठमाडौं । आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ आज (बुधबार) हुँदैछ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबारका लागि पेशी तोकेको हो ।
आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटको पहिलो सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । यसलाई विशेष अग्राधिकार दिँदै सोमबारका लागि पेशी तोकिएको थियो ।
आईजीपीमा बढुवा गरिएका मनोज केसीले अदालतबाट पठाएको म्याद नबुझेका कारण सोमबार सुनुवाइ हुन सकेको थिएन ।
गत कात्तिक १८ को मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लहाकारमा सरुवा गरी केसीलाई आईजीपी बनाएको थियो ।











प्रतिक्रिया