९ मंसिर २०८३, बुधबार

रियादमा हुथीको ड्रोन आक्रमण, ३ नेपालीसहित ११ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हुथी लडाकुहरूले साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्रको एक भवनलाई ड्रोनको प्रयोग गरी गरेको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन् ।

मंगलबार साउदी अरबको नागरिक सुरक्षा विभागले रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको एक भवनमा हुथी लडाकुहरूले गरेको ‘आतंकवादी हमला’मा ११ जना घाइते भएको जनाएको हो ।

सुरक्षा विभागले जनाएअनुसार घाइतेहरूमा साउदी अरबका दुई, नेपालका तीन, भारतका दुई र इजिप्टका चार नागरिकहरू रहेका छन् ।

घाइतेहरूको उपचार भइरहेको छ । घाइतेको पूरा विवरण भने खुलाइएको छैन ।

रियादस्थित सोही भवनमा पछिल्लो एक हप्तामा भएको यो दोस्रो आक्रमण हो । यसअघि नोभेम्बर १९ मा पनि यही भवनलाई निशाना बनाइएको थियो । उक्त आक्रमणबाट भवनमा क्षति पुगेको थियो, तर घाइते भएको खबर भने आएको थिएन ।

यसैबीच, साउदीले हुथी लडाकुहरूलाई सर्वसाधारण र उनीहरूको सम्पत्तिलाई लक्षित गरी जानीजानी गरिने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने चेतावनी दिएको छ ।