अछाम, २२ माघ । अछाम जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष हत्याको निष्पक्ष छानबिन माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द गरिएको छ ।
मृतकका आफन्तहरूले बिहानैदेखि सडकमा चक्काजाम गरेका छन् । पसलहरू पनि बन्द छन् । आफन्तले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
पञ्चदेवल बजारमा बिहानैदेखि टायर बालिएका छन् । सवारी आवगमन पनि बन्द गरिएकाे छ । पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।
अनुसन्धानका लागि प्रहरीकाे टाेली धनगढीबाट अछाम पुगेको जानकारी प्राप्त भएको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले बुधबार अनुसन्धान प्रक्रिया सुरु गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेकाे गैरीगाउँको गोठमा उनको शव भेटिएको थियाे ।











प्रतिक्रिया