९ मंसिर २०८३, बुधबार

सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ माघ ।  प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

सभामुख कार्यकक्षमा भएको भेटवार्तामा नेपाल र जापानबीचको आर्थिक समहयोग पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए। सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गुर्दै दुई देशबीचको सम्बन्ध र सहकार्य अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।