५ कार्तिक २०८३, बिहिबार

६ महिनामा प्रभुु बैंकको १ अर्ब ८ करोड मूनाफा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ माघ ।  प्रभुु बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड रुपैयाँ मूनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षमा भन्दा यो आर्थिक वर्षमा बैंकले ४ करोड थप मूनाफा कमाउन सफल भएको हो ।

बैंकले मंगलबार अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ८ करोड नाफा कमाएको जानकारी दिएको हो । गत आर्थिक वर्षको ६ महिनामा बेंकले १ अर्ब ४ करोड रुपैयाँ मूनाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँबाट बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।