९ मंसिर २०८३, बुधबार

एमसीसीको वास्तविकता नबुझेर भ्रम सृजना भइरहेको छ : मन्त्री ज्ञवाली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी , २१ माघ ।  परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एमसीसीको विषयमा नबुझेरै अहिले भ्रम सृजना भइरहेको बताउनुभएको छ ।

मंगलबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीका बारेमा नबुझेर जनस्तरमा भ्रम सृजना भइरहेको उल्लेख गरे।

एमसीसी राष्ट्रहितमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले एमसीसीले नेपालको विकासमा टेवा पुग्न सक्ने बताउनुभयो । एमसीसीलाई लिएर बाहिर आएका टिकाटिप्पणी अनावश्यक र अतिरञ्जित भएको समेत मन्त्री ज्ञवालीले उल्लेख गरे ।

देशको हित विपरित सरकार एक इञ्‍च पनि नझुक्ने ज्ञवालीको स्पष्टोक्ती छ । एमसीसीको विषयमा टुंगो लगाउने गरी तीन सदस्यीय समिति गठन भएको बताउँदै मन्त्री ज्ञवालीले अबको दश दिनमा सरकारले ठोस निर्णय गर्ने समेत उल्लेख गरे ।