
काठमाडाैं, २० माघ । नेपाल सरकारले नेपालबाट अन्य देशमा मास्क निर्यातमा रोक लागएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अन्य देशमा पनि फैलिरहेको भन्दै नेपालमा पनि यसको महामारी फैलन सक्ने भन्दै मास्क निर्यातमा रोक लगाएको हो ।
कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलदै गएपछि विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनमा मात्र अहिले यो भाइरसबाट ३६१ जनाको मृत्यु भइसकेको छ भने फिलिपिन्समा एक जनाको मृत्यु भएको छ ।
नेपालमा मास्कको संकट हुन सक्ने भन्दै सरकारले नेपाली बजारमा रहेका १२ हजार पिस मास्क चीन पठाएपछि सरकारले मास्क निर्यातमा रोक लगाएको हो ।
नेपाल-चीन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले तिब्बत चेम्बरलाई १२ हजार थान मास्क सहयोग गरेको थियो।











प्रतिक्रिया