९ मंसिर २०८३, बुधबार

कोरोना भाइरसका कारण नेपाल-चीन उडान प्रभावित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ ।  चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले चीन लगायत विश्वका धेरै देशमा फैलिरहेको छ । अहिलेसम्म चीनमा मात्रै यो भाइरसका कारण ३६१ जनाको मृत्यु भइसकेको छ ।

चीनमा यो भाइरसले महामारीकै रुप लिएपछि चीनसंग अहिले विश्वका विभिन्न देशसंग हवाई सम्पर्कसमेत टुटेको छ । नेपाली एयरलाइन्सहरुले पनि चीनका उडान धमाधम स्थगन गरिरहेका छन् ।

हालसम्म चीनको मुख्य भूमिमा उडान नगरेको नेपाल एयरलाइन्सको उडान तालिका पनि प्रभावित हुने भएको छ। काठमाडौंबाट चीनको ग्वाङजाउ उडान गर्ने अनुमति पाएको थियो।

अनुमति पाएपछि नेपाल एयरलाइन्सले चैतदेखि उडान भर्ने तालिका रहेको थियो । अहिले कोरोना भाइरसका कारण उडान प्रभावित भएको हो ।