९ मंसिर २०८३, बुधबार

नेवि संघको तदर्थ समितिमा सात जना थपिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० माघ ।  नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सात जना थपिएका छन्।

सभापति देउवाले आइतबार संघ तदर्थ समितिमा दुई उपसभापति र पाँच महामन्त्री थप गरेका हुन्। संघको उपाध्यक्षमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेलका साथै महामन्त्रीमा तनहुँका दीपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सिना र स्याङ्जाका युवराज पाण्डे रहेका छन्।

सभापति देउवाले माघ १६ गते संघ अध्यक्षमा राजीव ढुंगाना तथा महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई जिम्मेवारी दिएका थिए। अब नेविसंघ तदर्थ समिति दश सदस्यीय पुगेको छ ।

नेविसंघमा छ जना सहमहामन्त्री राख्ने नेताहरूबीच सहमति भए पनि अहिलेसम्म कसैलाई मनोनित गरिएको छैन।