
काठमाडौँ, १९ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुका लागि रात्रिभोज आयोजना गरेका छन् ।
रात्रिभोजमा सहभागी हुन नेकपामा सबै सांसदहरूलाई मोबाइलमा म्यासेज आएको छ ।
सन्देशमा प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थित हुन नेकपाले ह्वीप जारी गरेको छ।
म्यासेजमा लेखिएको छ- २०७६/१०/१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन।
स्रोतका अनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना गरेका हुन्।
भोजका लागि सांसदहरुलाई साँझ ६ बजे बालुवाटार छिर्न भनिएको छ।











प्रतिक्रिया