
काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सचिवालयको बैठक बसेको हो ।
केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नका सन्दर्भमा उक्त बैठकमा छलफल भएको छ । केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदनका विषयमा आइतबार जवाफ दिने कार्यक्रम रहेको थियो ।
सचिवालयमा सो सम्बन्धमा पनि धारणा बन्ने बताइएको छ।











प्रतिक्रिया