९ मंसिर २०८३, बुधबार

कवाडीखानामा भीषण आगलागी, पाँच जना घाइते(अपडेट)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ ।  ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ ।

आगलागीमा परी पाँच जना घाइते भएका छन् । विहान लागेको आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।

आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ ।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । काठमाण्डौ र ललितपुरको दमकल र नेपाल प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको हो ।