९ मंसिर २०८३, बुधबार

नक्कली प्रमाणपत्र पेश गरी बढुवा लिने डिएसपीविरुद्व अख्तियारद्वारा मुद्वा दायर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । नक्कली प्रमाणपत्र पेश गरी बढुवा लिने अरुणकुमार शाहविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्वा दायर गरेको छ ।

शाहले परीक्षा नै नदिई भारतबाट बि.ए. पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा तत्कालीन प्रहरी निरीक्षक शाहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदावीसहित आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।