
चितवन, १६ माघ । मकवानपुर प्रहरीले ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा लागुऔषधसहित गाडी चालक बारा पर्सौनी गाउँपालिका वडा नं ६ बस्ने बर्ष २८ का रामजी शाह तेली र बारा अर्दस कोतवाल गाउँपालिका २ का बर्ष ३० का प्रेम पटेललाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया