१० मंसिर २०८३, बिहिबार

बाथरुममा पूर्वमन्त्रीका पीए दम्पति मृत फेला

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ ।  पूर्वमन्त्रीका पीए दम्पति एक स्वास्थ्य क्लवमा मृत फेला परेका छन् । ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर पति-पत्नीकै मृत्यु भएको बताइएको छ ।

फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको हो। हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थापाका स्वकीय सचिव (पीए) हुन् ।

बुधबार राति क्लबको बाथरुमको साउनामा नुहाउन पसेका थिए। धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए। तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।