
रौतहट, १४ माघ । प्रहरीले सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान विप्लव समुहका रौतहट सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया