
रुपन्देही, १४ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका- ४ मा दुई ट्रक एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।
मृतकको पहिचान हुन सकेको छैन । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ ।











प्रतिक्रिया