१० मंसिर २०८३, बिहिबार

जुम्लामा खाल्डोमा पुरिएर सासु–बुहारीको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १४ माघ । घर लिप्ने माटो निकाल्न बनाइएको खाल्डोमा पुरिएर जुम्लामा सासु–बुहारीको मृत्यु भएको छ । घर पोत्ने रातो माटो ल्याउन गएका चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासु–बुहारीको पुरिएर मृत्यु भएको हो ।

नगरपालिका–४ कै मालाभिडको जङ्गलमा गएकी ४५ वर्षकी नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा ढिस्को भासिएर घटनास्थलमै मृत्युु भएको डिएसपी लालबहादुर धामीले जानकारी दिए ।

उनका अनुसारसँगै माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । सोमबार माटो खन्ने क्रममा माटोको ढिस्को भासिएको थियो ।

मृतक दुवैलाई शवपरीक्षणका लागि अस्पताल पु¥याइएको छ भने घाइते दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।