१० मंसिर २०८३, बिहिबार

विप्लव समूहका नेता पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १३ माघ ।  विप्लव समूहका गुल्मी जिल्ला सदस्य गोविन्दबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सदरमुकाम तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालीका घर भएका आकाश भनिने गोविन्दबहादुर विक कामको सिलसिलामा सदरमुकाम तम्घास पुगेका थिए ।

पक्राउ परेका विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासको हिरासदमा राखिएको छ ।

पछिल्लो समय विप्लव समूहले गुल्मी जिल्लामा चन्दा आतंक बढाएको भन्दै प्रहरीले विप्लव समूहका गतिविधिमाथि निगरानी बढाएको छ ।