
काठमाडौं, १३ माघ । सोमबार नेपाली बजारमा सुनको भाउ पाँच सयले बढेर ७६ हजार पुगेको छ ।
सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो ।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।















प्रतिक्रिया