पोखरा, १२ माघ । गण्डकी प्रदेशसभा सांसद दिपक मनाङे भनिने राजिव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् । एन्फा कास्कीका अध्यक्षमाथि अभद्र व्यवहार आरोपमा पक्राउ परेका गुरुङलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार धरौटीमा छाडेको हो ।
आइतबार प्रहरीले मनाङेलाई जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटी बुझाउन भनेपछि मनाङे नगद बुझाएर रिहा भएका हुन् ।
मनाङेले माघ ७ गते पोखरामा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि अखिल एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए ।
संघ अध्यक्ष मिलन गुरुङले वुधबार मनाङेविरुद्ध प्रहरीमा कारवाहीको माग गर्दै जाहेरी दिएका थिए । प्रहरीले त्यसको भोलिपल्ट मनाङेलाई पक्राउ गरी शुक्रबार जिल्ला प्रशासनले अनुसन्धानका लागि दुई दिनको म्याद थपेको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस