
संखुवासभा, १२ माघ । संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको छ । गएराति आयोजनामा विष्फोट भएको हो ।
जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा बम बिस्फोट भएको हो ।
विष्फोटको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । विष्फोट कसले गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया