१० मंसिर २०८३, बिहिबार

‘बल्ने ढुंगा’ किन्न गएका पूर्वसैनिक सहकर्मीबाटै लुटिए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ माघ ।   बल्ने ढुंगा किन्न गएका एक पूर्वसैनिक आफ्नै सहकर्मिबाट लुटिएका छन् ।

काठमाडौंको काभ्रेस्थली जंगलमा पचास लाख पैसा बोकेर गएका पूर्वसुबेदार बच्चुराम गुरूङलाई उनकै जग्गा व्यवसायी सहकर्मीले बिहीबार लुटेका हुन्।

‘बल्ने ढुंगा’ भेटिएको भन्दै केही व्यक्तिले गुरूङलाई जंगलमा पैसा लिएर बोलाएका थिए।

पचास लाख रुपैयाँ पैसा लिएर गएका गुरूङलाई छ जनाले लुटेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनिहरु जनावरका अखटोपहार, हाड हड्डी बिक्री वितरणमासमेत संलग्न रहेको भेटिएको प्रहरीले जनाएको छ ।