३१ आश्विन २०८३, शनिबार

गाउँपालिकाका अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० माघ । ८ लाख रुपैयाँ घुससहित गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

केसीमाथि आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ ।